logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारत र पाकिस्तानका सेनाबिच कश्मीरमा झडप, तीनजनाको मृत्यु


अंकुरण खबर
2.977K
Shares

भारत र पाकिस्तानका सेनाबिच झडप हुँदा तीनजनाको मृत्यु भएको छ ।

कश्मीरको कुपवाडा जिल्लाको रिहाइशी क्षेत्रमा झडप भएको हो । भारतीय सेनाका अनुसार पाकिस्तानी सेनासँग एक हप्तासम्म नियन्त्रण रेखामा झडप भएको हो ।

पाकिस्तानी सेनाले आइतबार रिहाइशी क्षेत्रमा मोटार आक्रमण गरेको भारतीय सेनाले दाबी गरेको छ । पाकिस्तानी सेनाले त्यसको खण्डन गर्दै सन् २००३ मा भएको युद्धविरामको भारतीय सेनाले उल्लंघन गरेको बताएको छ।

भारतीय सेनाका प्रवक्ता कर्णेल राजेश कालियाले जारी गरेको वक्तव्यमा पाकिस्तानले गरेको आक्रमणमा एक महिलासहित तीनजनाको मृत्यु भएको उल्लेख गरिएको छ । पञ्जगामको चौकीबल क्षेत्रमा अहिले झडप भएको हो ।