logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खोटाङको दुधकोशी नदीमा डुबेर एक किशोरको मृत्यु


अंकुरण खबर
754
Shares

हलेसी तुवाचुङ नगरपालिका–१ का एक किशोरको दुधकोशी नदीमा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय १५ वर्षीय सुबिन राई रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

आइतबार दिउँसो १२ बजेको समयमा सोक्माटार स्थित दुधकोशी नदीमा माछा मार्न गएका राई जाल हान्ने क्रममा सोही जालमा बेरिएर पानीमा डुब्दा मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।