logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्ट बस्ने एकै परिवारका तीन जनामा कोरोना आशंका


अंकुरण खबर
1.092K
Shares

काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारमा तीन जनाको र्‍यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको छ ।

उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ । पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालका निर्देशक विष्णु शर्माले बताए ।

अपार्टमेन्टको ए ब्लकमा बसिरहेका उनीहरु १८ दिनअघि बेलायतबाट आएको खुलेको छ । उनीहरुमा लक्षण देखिएपछि र्‍यापिड टेष्ट गरिएको थियो । अहिले अपार्टमेन्टमा ए ब्लकलाई प्रहरीले सिल गरेको छ ।