logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डोटीका ३ सय ३० जनाको स्वाब परीक्षण : सबैको रिपोर्ट नेगेटिभ


अंकुरण खबर
1.066K
Shares

जिल्लाका नौ वटा पालिकाका १२ वटा क्वरेण्टीनमा बसेका ३ सय ३० जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

गएको चैत्र २६ गते सरकारले जिल्लाका ६ स्थानबाट क्वरेण्टीनमा बसेका ३०५ र अन्य २५ गरी जम्मा ३३० जनाको स्वाब सङ्कलन गरेर लगेकामध्ये सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड-१९ सम्पर्क व्यक्ति सुर्यबहादुर विष्टले जानकारी दिए।

उनका अनुसार दिपायल सिलगढी नगरपालिका वडा नं ४ राजपुरबाट ५० जना, शिखर नगरपालिका बन्लेकबाट २४ जना, धुर्कोटबाट ५० जना, बडीकेदार गाउँपालिका वडा नं विपीनगरबाट ४५ जना, आदर्श गाउँपालिका मौवानगरदहबाट ७५ जना र बोगटान फुड्सिल गाउँपालिका चवाराचौताराबाट ७६ जनाको स्वाव संङ्कलन गरेर परिक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु,काठमाडौं पठाइएको थियो ।

स्वाब परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएपछि सबै ३३० जनालाई आजै घर पठाइएको जनाइएको छ ।