logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना अपडेट : मृतकको संख्या १ लाख १९ हजार ५९९ पुग्यो, १९ लाख २३ हजार ८५८ संक्रमित


अंकुरण खबर
1.989K
Shares

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १९ हजार नाघेको छ ।

कोरोनाले हालसम्म मृत्यु हुनेको संख्या १ लाख १९ हजार ५९९ पुगेको छ भने, संक्रमितको संख्या १९ लाख २३ हजार ८५८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ७१ हजार ४९२ जना नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा एकैदिन २६ हजार ७७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख ८६ हजार ३ सय नाघेको छ ।अमेरिकामा संक्रमितमध्ये ३६ हजार २१८ जना उपचारपछि निको भएका छन् । १२ हजार ७७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ५ लाख २६ हजार ५४९ जना उपचाररत छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा ५४७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार ७५६ पुगेको छ ।स्पेनमा एकैदिन ३ हजार २६८ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ७० हजार ९९ पुगेको छ । स्पेनमा संक्रमितमध्ये ६४ हजार ७२७ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८७ हजार ६१६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ५७४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १४ हजार ९६७ पुगेको छ । फ्रान्समा संक्रमितमध्ये २७ हजार ७१८ जना उपचारपछि निको भएका छन् । ६ हजार ८२१ जनाको अवस्था गम्भीर रहेको छ भने ९४ हजार ९४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

इटालीमा ज्यान गुमाउनेको संख्या २० हजार ४६५ पुगेको छ । इटालीमा एकैदिन ३हजार १५३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ५९ हजार ५१६ पुगेको छ । इटालीमा संक्रमितमध्ये ३५ हजार ४३५ जना उपचारपछि निको भएका छन् । ३ हजार २६० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख ३ हजार ६१६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

संक्रमितमध्ये १३ लाख ६० हजार २४२ जना विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५१ हजार ७४० को अवस्था चिन्ताजनक छ । ४ लाख ४४ हजार १७ जना भने उपचारपछि घर फर्किएका छन् ।