आज पनि देशका विभिन्न स्थानमा मेघ गर्जन, हावाहुरी,चट्याङसहित पानी पर्ने संभावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण दिउँसो पुर्व,मध्य र पश्चिमी भेगका केहि स्थानमा पानी पर्ने संभावना रहेको छ ।
गएराति काठमाडौं उपत्यकासहित देशका पश्चिमी भेगहरुमा पानी परेको थियो ।
महाशाखाका अनुसार उपत्यकाको न्युनतम तापक्रम आज विहान १५ डिग्री सेल्सियस छ भने दिउँसो तापक्रम २९ डिग्री सेल्सियसम्म पुग्ने छ।