logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन एकसाता लम्ब्याउने तयारी, आज मन्त्रिपरिषद् बैठक बस्दै


अंकुरण खबर
624
Shares

मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकले एकसाता लकडाउन लम्ब्याउने तयारी गरेको बताइएको छ ।

सरकारले अन्तिम पटक थपेको लकडाउनको समयावधि भोलि सकिँदैछ । मुलुकभित्र कोरोना संक्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन पुनः एक साताका लागि थप्न लागिएको हो ।

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो । त्यसपछि चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले आठ दिन थपेर लकडाउनको समयावधी चैत २५ गतेसम्म पुर्‍याइएको थियो ।

सुदूरपश्चिम प्रदेशमा एकसाथ तीन जनामा संक्रमित फेला पर्दै कोरोना नयाँ चरणमा प्रवेश गरेपछि चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले थप आठ दिन लम्ब्याउने निर्णय गरेको थियो ।

अहिले एक महिना पुर्‍याउने गरी प्रस्ताव गर्न लागिएको हो । अहिलेसम्म कोरोना संक्रमितको संख्या १४ पुगेको छ । पछिल्लो नौ दिनसम्म नयाँ संक्रमित फेला परेका थिएनन् ।