logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतले वैशाख २१ गतेसम्म थप्यो लकडाउन


अंकुरण खबर
1.352K
Shares

भारतले देशमा जारी लकडाउन थपेको छ। भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको हो ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् ।

यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार ( वैशाख ३ गते) सकिँदै छ ।

देशमा जारी लकडाउन थप्ने कि नथप्ने विषयमा प्रधानमन्त्रीले देशका कोरोना प्रभावित विभिन्न राज्यका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै आइरहेका थिए। उनलाई कोरोना प्रभावित राज्यका मुख्यमन्त्रीले लकडाउन अझै जारी राख्नुपर्ने सुझाव दिएका थिए।

भारतले देशमा कोरोना संक्रमिण थपिएपछि २१ दिनको लकडाउन गर्ने घोषणा गरेको थियो।