इटहरी अस्पतालमा आज मंगलबारबाट कोरोना भाइरस जाँचका लागि र्यापिड टेस्ट थालिने भएको छ । त्यसका लागि एक जना प्राविधिकले टेष्टको बिषेश तालिम लिएर आएको बताइएको छ ।
कोरोना संक्रमणको शंका लागेका व्यक्तिहरुमा प्रारम्भिक टेष्टका लागि इटहरी अस्पताललाई केही टेष्ट किट आएकाले आजबाट टेष्टको कार्य थालिने भएको हो ।
यसैबीच, इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा उपमहानगरले निर्माण गरेको क्वारेन्टाइनमा १६ जना पुगेका छन् । इटहरीको क्वारेन्टाइनमा सोमबार चार जना थपिएका छन् । भारतको पन्जावबाट आएका उनीहरुलाई सोमबार नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको हो ।
इटहरीको क्वारेन्टाइनमा अब ११ भारतीय र ५ नेपाली नागरिक पुगेका छन् । ती मध्ये ११ भारतीयको स्वाब परिक्षणका लागि नमूना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।