logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्रीमतीमाथि खुकुरी प्रहार गर्ने श्रीमान् पक्राउ


अंकुरण खबर
1.365K
Shares

संखुवासभामा आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा श्रीमान् पक्राउ परेका छन्।

खाँदबारी नगरपालिका-९ तुम्लिङटार वैधे गाँउ डेरा गरी बस्ने ३२ वर्षीय दोमन हस्दालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो। श्रीमतीसँग सामान्य बिबाद हुँदा दोमनले खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ।

घाइते महिलाको तुम्लिङटारस्थित मनकामना अस्पतालमा उपचार भइरहेको छ।