logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खुकुरीले हानेर पतिको हत्या गरेको अभियोगमा एक जना पक्राउ


अंकुरण खबर
2.301K
Shares

खुकुरीले हानेर पतिको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बाह्रपोखरी गाउँपालिका-१ खुर्साने बस्ने ५० वर्षीया मेनुका राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मेनुकाले ५० वर्षीय पति छ कुमार राईलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

कुमारको घटनास्थलमै मृत्यु भएको बताइएको छ । पत्नीको खुकुरी प्रहारबाट पतिको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाह्रपोखरी, ईलाका प्रहरी कार्यालय चिसापानीबाट र ईलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।