logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुई तलाबाट हाम फालेर भाग्न खोजेका एक भारतीय युवा प्रहरी नियन्त्रणमा


अंकुरण खबर
728
Shares

इटहरी उपमहानगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनबाट एक भारतीय युवा भाग्न खोजेका छन् ।

इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनबाट अन्दाजी २०–२१ बर्षका एक भारतीय युवा दुई तलाबाट हाम फालेर भाग्न खोजेका थिए।

भाग्न खोजेका उनलाई तत्कालै शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले क्वारेन्टाइन स्थलबाट तीन सय मिटर परबाट नियन्त्रणमा लिएको छ।

ती युवा भागेर मानव बस्तीमा पसेपछि केही समय आतंकित अबस्था बनेको थियो ।