भैरहवाको भीम अस्पतालको आइसोलेसनमा सोमबार भर्ना भएका एक व्यक्तिको दुवै रिपोर्ट नेगेटिभ आएको छ ।
भैरहवाको अञ्चलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रमा मंगलबार गरिएको स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको हो । अघिल्लो दिन सोमबारको र्यापिड टेस्टमा पनि उनको रिपोर्ट नेगेटिभ नै देखिएको थियो ।
रुपन्देहीको मायादेवी गाउँपालिका–१ का ५८ वर्षीय एक पुरुषमा १२ दिनदेखि ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न ग्राहो हुने लगायतका लक्षण देखिएपछि उनलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाव परीक्षणका लागि भैरहवाको अञ्चलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रको प्रयोगशालामा पठाइएको थियो ।