विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस बारे सामाजिक सञ्जालमा गलत सूचना दिने एक जनालाई घोराहीबाट प्रहरीले पक्राउ गरेको छ ।
कोरोना भाइरस संक्रमणबारे सामाजिक सञ्जालमा गलत सूचना फैलाउने घोराहीका दीपक न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय दाङले मंगलबार नियन्त्रणमा लिएको हो ।
न्यौपानेले सामाजिक सञ्जालमा कोरोनाको वारेमा गलत कुराहरु लेखेर अफवाह फैलाएका थिए । सामाजिक सञ्जाल फेसबुकमा “दाङमा एक जना महिलाको (यापिड टेष्टमा कोरोना संक्रमण देखा प(यो” भनेर स्ट्याटस पोष्ट गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय दाङले अहिलेसम्म दाङमा कुनै पनि कोरोना संक्रमित नभेटिएको पनि जानकारी दिएको छ ।