कैलालीको गौरीगंगा नगरपालिकामा एक १७ वर्षीया किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् ।
चनौरामा रहेको आफन्तको घरबाट मंगलबार एकाबिहानै धनगढी फर्किँदै गर्दा उनी बलात्कृत भएकी हुन् ।
मोटरसाइकलमा आएका चारजनाको समूहले गौरीगंगा नगरपालिका-१ स्थित खुरखुरीया नजिकै मंगलबार बिहान जबरजस्ती करणी गरेको कैलाली प्रहरीले जनाएको छ ।
४ जनाको समूहले हतियार देखाएर धम्क्याउँदै पीडितसँगै रहेका अन्य ३ जनालाई कुटपिट गरी पीडितलाई सडकबाट १०० मिटर टाढा एकान्त ठाउँमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतीवाट प्रहरी नायव उपरीक्षक ज्ञानवहादुर विष्टको कमाण्डमा गएको टोलीले ४ जनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नेमा कैलाली गौरीगंगा नगरपालिका ४ बस्ने २० वर्षीय नरेश नेपाली र निर्मल चौधरी, २१ वर्षीय अर्जुन सावद र २४ वर्षीय नरेश भट्ट रहेको प्रहरीले जनाएको छ ।