logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कालोबजारी आरोपमा पक्राउ परेका अग्रवाल थप ५ दिन थुनामा


अंकुरण खबर
637
Shares

कालोबजारी आरोपमा पक्राउ परेका जगदम्बा समूहका सुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।

ज्वरो नाप्ने थर्मल गन कालोबजारीको आरोप लागेका उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अपराध अनुसन्धान महाशाखाले थप समय माग गरेको थियो । त्यसमा जिल्ला प्रशासन कार्यालयले ५ दिनको समय दिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

यसअघि प्रशासन कार्यालयले दिएको ७ दिनको समय मंगलबार नै सकिएको छ ।

पाँच हजार रुपैयाँमा पाइने थर्मल गन १५ हजार रुपैयाँसम्ममा बिक्री गरेको पाइएपछि प्रहरीले उनलाई काठमाडौंको नक्शालबाट पक्राउ गरेको थियो ।