नेपालमा आज थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या १६ पुगेको छ ।
नयाँ सङ्क्रमितहरुको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ । यस्तै सङ्क्रमित दुई जनाको काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा, दुई जनाको बागलुङमा, चार जनाको वीरगञ्जको नारायणी अस्पतालमा र पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै एक जना भने उपचार पछि निको भएर घर फर्किसकेका छन् । संक्रमित १६ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।