र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) इटहरीमा पनि सुरु भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय मार्फत र्यापिड टेष्ट किट उपलब्ध भएपछि इटहरी अस्पतालमा आजदेखि कोरोना भाइरस (कोभिड-१९) को चेकजाँच गर्न थालिएको हो।
इटहरी अस्पतालका इमर्जेन्सी विभागका प्रमुख रामकुमार धमलाका अनुसार आज ५९ जनाको आरडिटी गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ। ४६ जना पुरुष र १३ जना महिलाको आरडिटी गरिएको थियो।
भोलिबाट चेकजाँच गर्न थप सहज हुने धमलाले बताए। उक्त ल्याब टेष्टमा तीनजना स्वास्थ्यकर्मीले काम गरिरहेका छन्।