logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काभ्रे र धादिङका थप ३ युवामा र्‍यापिड टेष्ट कोरोना पोजेटिभ


अंकुरण खबर
962
Shares

काभ्रे र धादिङका ३ जना युवामा र्‍यापिड टेष्ट गर्दा एन्टीबडी पोजेटिभ आएको छ ।

मंगलबार  र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका तीनै जना युवा विदेशबाट नेपाल फर्किएका हुन् । लकडाउन अगाडि नै नेपाल आएका काभ्रेका दुबैलाई मंगलबार नै धुलिखेल अस्पताल ल्याइएको छ र पीसीआर विधिबाट परीक्षण गर्ने तयारी भइरहेको छ ।

चैत ९ मा भारतबाट आएका वेथानचोक निवासी २८ वर्षीय युवक र चैत ७ गते दुबईबाट आएका मण्डन देउपुर–३ का २३ वर्षका युवकमा र्‍यापिड टेस्ट गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।
यस्तै धादिङको ज्वालामुखी गाउँपालिकाका दक्षिण कोरियाबाट फागुन २० गते घर फर्किएका एक युवामा पनि र्‍यापिड टेस्ट गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ।

उनीहरु सबैैजना होम क्वारेन्टाइनमा बसेका थिए ।