logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रवासी कवि कोइरालाले, यस्तो लेखे गजल


अंकुरण खबर
2.873K
Shares

बाहिर फेरो नडुल्नू सार्है के था कि रोग समाइहालिन्छ
घरैमा जे छ बनाएर खानु, बांचे त मिठो खाइहालिन्छ

गहुं टिप्दा फाटेको चोली फेर्न अहिले बजार नजानू ल
टालेरै काम चलाउ अहिले, नयां पछि पनि लाइहालिन्छ

पर्मको निहुंमा, तल्ल घरे ठूलीसंग चित्त दुखा’ छ्यौ रे
माफ गरिदिनू छिमेकी हौं, एक-अर्कालाई चाइलाहिन्छ

नया बर्षमा बाआमा भेट्ने रहर होला, बेला ठीक छैन
फोनमै बात मार्नू, दशैमा त दुबै संगै जाइहालिन्छ

तिमीले भन्नेगर्थ्यौ नि ठूली, यै देशमै केहि उद्द्यम गरौं
या’को काम छाडि दें, बन्द खुल्नासाथ नेपाल आइहालिन्छ

दुख सुख साथै गरम्ला, बाख्रा पालम्ला र कुखुरा पालम्ला
पौरख गर्दा त बिदेशको जति घरमै नि कमाइहालिन्छ lll

(गजलकार कोइराला हाल अमेरिकाको न्युयोर्कमा बस्छन् ।)