logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसका कारण १ लाख २६ हजार ५३८ को मृत्यु, १९ लाख ९६ हजार बढी संक्रमित


अंकुरण खबर
1.079K
Shares

कोरोना भाइरसका कारण विश्वभर एक लाख २६ हजार ५३८ जनाको ज्यान गएको छ ।

संक्रमितको संख्या १९ लाख ९६ हजार ९६९ पुगेको छ । विश्वका २१० देशमा फैलिएको कोरोना भाइरसको संक्रमणले १३ लाख ९२ हजार १०५ जना उपचाररत छन् । जसमध्ये ५१ हजार ५९५ जनाको अवस्था गम्भीरको छ । संक्रमितमध्ये चार लाख ७८ हजार ३२६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ३४९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २५ हजार ९८९ पुगेको छ ।

अमेरिकामा एकैदिन २५ हजार ३ सय बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख १२ हजार ३ सय बढी पुगेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ४९९ जनाको मृत्यु भएसंगै मृतकको संख्या १८ हजार २५५ पुगेको छ ।

स्पेनमा एकैदिन ३ हजार ९६१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ७४ हजार ६० पुगेको छ ।
इटालीमा बुधबार बिहानसम्म ज्यान गुमाउनेको संख्या २१ हजार ६७ पुगेको छ । संक्रमित हुनेको संख्या १ लाख ६२ हजार ४८८ पुगेको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ७७८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार १०७ पुगेको छ । बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ९३ हजार ८७३ पुगको छ ।

नेपाल लगाएत विश्वभर तिव्र रुपमा फैलिएको कोरोना दिन प्रतिदिन जटिल बन्दै गएको छ ।