logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वायु सेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरे नियुक्त


अंकुरण खबर
624
Shares

सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ ।

मँगलबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । सरकारले घिमिरेलाई अर्को व्यवस्था नभएसम्मका लागि नियुक्त गरेको हो ।

पर्यटन मन्त्रालय र सञ्चार मन्त्रालय सम्हालेका घिमिरेले पर्यटनमन्त्री योगेश भट्टराईले गठन गरेको नेपाल वायु सेवा निगम सुधार सम्बन्धी कार्यदलको संयोजक भएर पनि काम गरेका थिए ।