logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

मकवानपुर चट्याङ लागेर एकको मृत्यु, तीन घाइते


अंकुरण खबर
2.496K
Shares

मकवानपुरको राक्सिराङ गाउँपालिका-७ धिराङमा आज बिहान परेको चट्याङले एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुने राक्सिराङ गाउँपालिका-७ धिराङ निवासी ४१ वर्षीय चैत्र प्रजा भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

सोही वडामा चट्याङ परी तीन घाइते भएको भन्ने बुझिएकाले उक्त घटनाको अध्ययन गर्न र घाइतेलाई उपचारका लागि मनहरि ल्याउन प्रहरीको टोली आज बिहानै त्यसतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।