logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोरखा आरुघाटका एक युवकमा र्‍यापिड टेष्‍ट पोजेटिभ देखियो


अंकुरण खबर
871
Shares

गत फागुन २२ गते बहराइनबाट नेपाल आएका गोरखाका एक युवकको र्‍यापिड डाइग्नेस्टिक किट (आरडीटी) विधिबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युवकमा गरिएको र्‍यापिड टेस्टमा पोजेटिभ रिपोर्ट आएको हो । मंगलबार जिल्ला जनस्वास्थ्य कार्यालयले आरुघाट गाउँपालिकामा गरेको र्‍यापिड टेस्ट गरेकोमा उनको मात्रै एन्टिबढी पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय, गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालले जानकारी दिए ।

र्‍यापिड टेस्टको रिपोर्ट पोजेटिभ आए पनि ती युवामा कोरोनाको लक्षण नदेखिएको र अवस्था सामान्य रहेको बताइएको छ । उनको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको छ ।

उनलाई अहिले आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रको आईसोलेसनमा राखिएको छ ।