logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारत र अन्य ठाउँबाट हुम्ला फर्केका ११ जनाको रिपोर्ट नेगेटिभ


अंकुरण खबर
1.625K
Shares

भारत र अन्य ठाउँबाट फर्केर हुम्लाको क्वारेन्टाइनमा रहेका ११ जनामा कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

क्वारेन्टाइनमा रहेका उनीहरुको आरडिटी किटबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

सिमकोट गाउँपालिकाको वडा नम्बर ७ मा एक जना र ८ मा तीन जना भारतबाट फर्केर आएलगत्तै क्वारेन्टाइनमा रहँदै आएका थिए । परीक्षणा उनीहरुको रिपोर्ट नेगेटिभ आएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दान बहादुर बोहराले बताए ।

त्यसै गरि स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहका अनुसार ताँजाकोट गाउँपालिकामा पनि सात जनाको आरडिटी किटबाट रगतमा कोरोना संक्रमणको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।

यस अघि सिमकोट र नाम्खाका ४२ जना क्वारेन्टाइनमा रहेकाहरुको पनि रगत परीक्षण गर्दा नेगेटिभ आएको थियो ।