logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तीनै तहका सरकारलाई बैंक खाता अद्यावधिक गर्न राष्ट्र बैंकको आग्रह


अंकुरण खबर
1.482K
Shares

नेपाल राष्ट्र बैंकले तीनै तहका सरकारलाई बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ।

बैंकले विज्ञप्ती जारी गर्दै संघिय, स्थानीय, र प्रदेश सरकारलाई १० दिनभित्र बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको हो। खाता अद्यावधिक गर्न बैंकले गत पुस २७ गते नै परिपत्र जारी गरिसकेको थियो। तर हालसम्म पनिअद्यावधिक नभएपछि राष्ट्र बैंकले संघ, प्रदेश र स्थानीय सरकारलाई पुनः आग्रह गरेको हो।

यस्तै बैंकले क, ख र ग वर्गका बैंक तथावित्तीय संस्थाहरूलाई गत असोज १७ गतेबाट सरकारी खाता निर्देशिका २०७६ कार्यान्वयनमा ल्याएको थियो। उक्त निर्देशिका अनुसार संघ, प्रदेश र स्थानीयतहका विभिन्न समुहका खाता अद्यावधिक गर्न यस अघि २७ पुसमा परिपत्र जारी गरेको वित्रप्तीमा उल्लेख छ।

महालेखा नियन्त्रकको कार्यालयले चैत २७ गते खाताहरू अद्यावधिक भएन–भएको अनुगमन गरेर जानकारी गराउन राष्ट्र बैंकलाई आग्रह गरेको थियो।

सोहीपत्रलाई आधार मानी केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई १० कार्य दिन भित्र तीनै तहका सरकारका विभिन्न खाताहरू अद्यावधिक गरेर राष्ट्र बैंकको सरकारी लेखा विभाग र महालेखा नियन्त्रक कार्यालयलाई जानकारी गराउन बैंकले आग्रह गरेको छ।