पोखरामा एक महिलामा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको परीक्षण रिपोर्ट पोजिटिभ आएको छ ।
पोखरा–१२ ढिकालेथरकी ५५ वर्षीय महिलाको रगतको नमुना किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको हो । पोखराको १० र १२ नम्बर वडाका ३४ जनाको नमुना परीक्षण गरिएको थियो ।
उक्त परिक्षणमा उनको नतिजा शंकास्पद देखिएपछि पुनः परीक्षण गर्दा समेत नतिजा पोजिटिभ देखिएकोले स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ।
आफ्नै घरमा एक्लै बस्दै आएकी उनी २७ दिनअघि दुबईमा रहेका छोरालाई भेटेर चैत ८ मा नेपाल फर्किए जनाइएको छ ।