logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा बसेका तनहुँका तीन सय ५८ जनाको रिपोर्ट नेगेटिभ


अंकुरण खबर
832
Shares

तनहुँमा विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा बसेका तीन सय ५८ जनालाई ¥यापिड परीक्षणमार्फत कोरोना भाइरसको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

सोमबार र मङ्गलबार कोरोनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । छ गाउँपालिका र चार नगरपालिका गरी १० स्थानीय तहका ८५ वटै वडा वडामा आरडिटी किट पठाएर परीक्षण कार्यलाई तीब्र पारिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । “आरडिटी परीक्षणबाट बढीमा २० मिनेटमा रिर्पोट आउँछ”, उनले भने, “पोजिटिभ आए स्वाब सङ्कलन गरी क्षेत्रीय प्रयोगशाला पोखरामा पठाउने व्यवस्था मिलाइएको छ ।”

बिहीबार सम्ममा जिल्लामा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) किटबाट परीक्षण गर्ने कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको उनले बताए ।

जिल्लामा विभिन्न देशबाट घर फर्किनेको सङ्ख्या सात सय २५ रहेका छन् । शनिबार मात्रै छ सय ४२ थान किट आएपछि आइतबारदेखि परीक्षण कार्य अघि बढाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।

भारतलगायत अन्य विभिन्न देशबाट जिल्ला प्रवेश गरेका सबै व्यक्तिलाई आरडिटी किटबाट कोरोना परीक्षण गर्ने जनाइएको छ ।