logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काभ्रेका २ युवामा मंगलबार आरडीटी रिपोर्टमा पोजिटिभ आएकोमा, पीसीआर रिपोर्ट नेगेटिभ


अंकुरण खबर
1.222K
Shares

र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) मा पोजिटिभ रिपोर्ट आएका काभ्रेका दुई जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

काभ्रेमा दुई जना युवाको मंगलबार आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको धुलिखेल अस्पतालले जनाएको छ ।

काभ्रको बेथान्चोक गाउँपालिकाका १ जना युवा चैतमा गते भारतबाट आएका र मण्डनदेउपुरका युवा ७ चैतमा दुबईबाट आएका थिए ।

उनीहरूको दुवैको स्वाब थप परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको थियो ।