आज बिहीबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ। हिजोको तुलनामा आज विभिन्न देशको विनिमयदर बढेको हो।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ १ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६१ पैसा तोकेको छ। त्यस्तै साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६८ पैसा रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३३ रुपैयाँ १५ पैसा छ भने बिक्रीदर मूल्य १३३ रुपैयाँ ८१ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५२ रुपैयाँ ५९ पैसा छ भने बिक्रीदर मूल्य १५३ रुपैयाँ ३४ पैसा छ।
