logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुढानिलकण्ठकी एक महिलाको र्‍यापिड टेष्टमा देखियो कोरोना पोजेटिभ


अंकुरण खबर
1.651K
Shares

काठमाडौंको बुढानिलकण्ठ-९ की एक महिलाको र्‍यापिड टेष्ट गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ।

इटालीबाट फर्केकी ३१ वर्षीया महिलामा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको हो ।

बुधबार गरिएको र्‍यापिड टेष्टमा महिलामा एन्टीबडी पोजेटिभ देखिएको त्यहाँको स्थानीय प्रशासनले जनाएको छ । साथै उनलाई बुधबार साँझ नै टेकु अस्पतालमा राखिएको छ ।

एन्टीबडी पोजेटिभ देखिएकी ती महिला २८ दिन अघि मात्र इटालीबाट आएको बताएकी छिन् । उनको र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएपछि पिसिआर परीक्षणको लागि टेकु पठाइएको थियो ।