logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कारागार कार्यालय चितवनका एक कैदीको मृत्यु


अंकुरण खबर
1.417K
Shares

कारागार कार्यालय चितवनका एक कैदीको मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १४ का प्रितमबहादुर कुर्मीको मृत्यु भएको हो ।

लागुऔषध मुद्दामा वि।सं २०७३ मा जिल्ला अदालत बाँकेले छ वर्ष कैद र रु १० हजार जरिवाना तोकेका कुर्मीको बुधबार राति मृत्यु भएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए ।

अर्बुद रोगका कारण कुर्मीलाई विसं २०७४ वैशाख १६ गते कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंबाट चितवन पठाइएको थियो । पेटको अर्बुद रोगको उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ ।