चीनले भारतमा कोरोना भाइरस ‘कोभिड १९’ विरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री पठाएको छ।
चीनका लागि भारतीय राजदूत विक्रम मिश्रीले बिहीबार भारतले चीनबाट स्वास्थ्य सामग्री सहयोग पाउने बताएका छन्।
मिश्रीले ट्वीटमा भनेका छन्,‘चीनले ६ लाख ५० हजार कोरोना परीक्षण किट्स पठाएको छ।’ आरएनए एक्ट्र्याक्सन किट र एन्टीबडी टेस्ट किट चीनले भारत पठाएको जनाइएको छ। मिश्रीले भारत र चीनबीच भारतको कोरोना भाइरस नियन्त्रण गर्ने विषयमा थप छलफल पनि भइरहेको जानकारी दिएका छन्।
कोरोना प्रकोपकैबीच यसअघि चीनले भारतलाई १ लाख ७० हजार स्वास्थ्य सामाग्री सहयोग गरेको थियो। चीन र भारतबीचको सम्बन्ध जटिल भएतापनि कोरोना संक्रमणका बेला चीन भारतलाई सहयोग गर्न तयार भएको हो।
भारतमा हालसम्म १२ हजार ४५६ कोरोना संक्रमित छन्। त्यहाँ ४ सय २३ को मृत्यु भइसकेको छ। एजेन्सी