logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेडिकल सामग्री ल्याउन निगमका दुवै बाइडबडी विमान आज चीन जाँदै


अंकुरण खबर
715
Shares

नेपाल वायु सेवा निगमका दुई वाइडबडी विमान स्वास्थ्य सामग्री लिन आज चीन जाँदै छन् ।

एयरलाइन्सले काठमाडौंबाट चीनको ग्वाङजाउसम्म कार्गो उडान गर्ने भएको हो । एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार आज बेलुका पौने सात बजेतिर जहाज उड्ने र अर्को जहाज पनि लगत्तै उड्ने भएका छन्।

एयरबस ए३३० जहाजले उक्त कार्गो उडान गर्ने छन्। यी दुबै उडान निजी क्षेत्रले मेडिकल सामग्री ल्याउनका लागि बुकिङ गरेका छन्।

फ्ल्यास फ्रेट लजिस्टिक र सांग्रिला फ्रेटले यी उडान बुकिङ गरेका खड्काले जानकारी दिइन्। नेपालका अस्पताल, औषधि आपूर्तिकर्ता तथा व्यवसायीहरुले यी उडानबाट सामग्री नेपाल ल्याउने छन्।

प्रति उडान कम्तिमा पनि १२ देखि २५ टनसम्मको सामग्री आउनसक्छ। आज चीन गएका जहाज भोलि बिहानसम्म काठमाडौं आइपुग्ने छन्।