logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेको दशगजा क्वारेन्टाइनमा बसेका सबैको रिपोर्ट नेगेटिभ


अंकुरण खबर
611
Shares

बाँकेको नेपाल–भारत सीमानाको दशगजा क्षेत्रको क्वारेन्टाइनमा राखिएका १ सय ८१ जनामा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको छ ।

उनीहरु विगत १५ दिनदेखि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६, जयसपुरस्थित दशगजा क्षेत्रमा व्यवस्थापन गरिएको क्वारेन्टाइनमा बस्दै आएका थिए ।  ११ जनाको यस अघि नै पिसिआर विधिद्वारा ‘स्वाब’ परीक्षण गरिएको थियो र ती सबैको रिपोर्ट ‘नेगेटिभ’ आइसकेको थियो ।

आज बाँकी रहेका १ सय ७० जनाको आरडिटी विधिद्वारा जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । उनीहरुलाई गाडीको प्रवन्ध गरेर आ–आफ्नो जिल्लातर्फ पठाउने तयारी भइरहेको नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख डाक्टर धवलशम्शेर राणाले बताए ।

भारतका विभिन्न ठाउँमा काम गरेर घर फर्केका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।