logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रहरीले डाक्टर कुटेका विषयमा छानविन गर्न समिति गठन


अंकुरण खबर
910
Shares

ड्युटी सकेर घर फर्किदै गरेका डाक्टरमाथि प्रहरीले कुटपिट गरेको घटनाका विषयमा छानविन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले समिति गठन गरेकोछ ।

एसएसपी किरण वज्राचार्यको नेतृत्वमा गठित ३ सदस्यीय समितिमा अपराध महाशाखाका एसपी मुकेश सिंह र परिसर काठमाडौंका डीएपी होबिन्द्र बोगटी सदस्य छन् ।

महानगरीय प्रहरी वृत्त महाजगञ्जका प्रहरीले बुधबार साँझ ड्युटी सकेर घर फर्किंर्दै गरेका शिक्षण अस्पतालका डा. शम्भु खनाल, तेजप्रकाश साह र कान्ति अस्पतालका डा. विकास साहमाथि कुटपिट गरेका थिए ।

उक्त आरोपछि घटनाका विषयमा छानविन गर्न समिति गठन गरिएको महानगरिय प्रहरी प्रमुख डिआइजी विश्वराज पोखरेलले जानकारी दिए । उनले भने– ‘छानविन समितिले दिएको प्रतिवेदनका आधारमा के गर्ने भन्ने निर्णय गरिने छ ।‘

चिकित्सकहरूले आफूमाथि प्रहरीले लाठी प्रहार गरेको बताउँदै आएका छन् भने महाराजगन्ज प्रहरी वृत्तका डिएसपी उमेश लम्सालले सामान्य भनाभन भएको दाबी गरेका छन् ।