सुर्खेतमा क्वारेन्टाइनमा बसेका दुई पुरुषमा कोरोना भाइरसको परीक्षण गर्दा पोजिटिभ रिपोर्ट देखिएको छ ।
सुर्खेतबाट संकलन गरिएको स्वाबलाई कैलाली धनगढिस्थित सेती प्रादेशिक अस्पतालको पीसीआर बिधिबाट परीक्षण गर्दा पोजिटिभ नतिजा आएको हो ।
थप परीक्षणका लागि उनीहरुको स्वाब काठमाडौं पठाइएको सेती अञ्चल अस्पतालका एक चिकित्सकले जानकारी दिएका छन् ।
सो अस्पतालमा पीसीआर बिधिबाट नै गरिएको भए पनि थप पुष्टि गर्न काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप परीक्षणका लागि पठाउने निर्णय गरेको एक चिकित्सकले बताए ।
भारतबाट आएका दुवै जनालाई सुर्खेतको क्वारेन्टाइनमा राखिएको थियो ।