logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना अपडेट : संसारभरी मृतकको संख्या १ लाख ४५ हजार बढी, २१ लाख ८२ हजार १ सय ९७ जना बढी संक्रमित


अंकुरण खबर
858
Shares

कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ४५ हजार नाघेको छ । त्यस्तै संक्रमितको संख्या कूल २१ लाख ८२ हजार १ सय ९७ जना पुगेको छ । संक्रमणबाट ५ लाख ४७ हजार २ सय ९५ जना निको भएका छन् ।

हाल कोरोना भाइरसबाट अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या ३४ हजार ६ सय १७ रहेको छ भने ६ लाख ७७ हजार ५ सय ७० संक्रमित छन् ।

त्यस्तै इटलीमा मृतकको संख्या २२ हजार १ सय ७० पुगेको छ भने, १ लाख ६८ हजार ९ सय ४१ जना संक्रमित भएका छन् ।

स्पेनमा मृत्यु हुनेको संख्या १९ हजार पार । संक्रमितको संख्या १ लाख ८४ हजार ९ सय ४८ पुगेको छ । त्यस्तै फ्रान्समा मृतकको संख्या १७ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ, हालसम्म कूल संक्रमितको संख्या १ लाख ६५ हजार २७ पुगेको छ ।

भारतमा हालसम्म कोरोना संक्रमणका कारण ४४८ को मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १३ हजार ४ सय ३० पुगेको छ । त्यस्तै बेलायतमा मृतकको संख्या १३ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ भने, संक्रमितको संख्या १ लाख ३ हजार भन्दा बढी छ ।
जापानमा कोरोनाभाइरस संक्रमितको संख्या लगातार बढिरहेको छ । जापनले आपतकालको हटस्पटलाई बढाएर लगभग पूरा देशमा लागू गरिएको छ ।

सिंगापुरमा पछिल्लो २४ घण्टामा कारोनाभाइरसका ७२८ नयाँ संक्रमित भेटिए जुन एकदिनमा अहिलेसम्मको सबैभन्दा धेरै संख्या हो । यो संख्या एकदिन अघिको आँकडाभन्दा लगभग दोब्बर हो ।