logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनको २४ औं दिन बिहीबारः उपत्यकाबाट ६०६ सवारी साधन नियन्त्रणमा


अंकुरण खबर
806
Shares

सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि लागु गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही जारी राखेको छ ।

लकडाउनको २४ औं दिन हिजो बिहीबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवज्ञा गर्ने काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले ६०६ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।

महाशाखाका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमध्ये ५५४ दुई पांग्रे र ५२ चार पांग्रे रहेका छन् ।

महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि सवारी साधनहरु चेकजाँच गर्ने व्यवस्था मिलाएको छ ।

भित्रि एरियाको लागि भने मोटरसाइकलमा ट्राफिक प्रहरी खटाएको छ ।