logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१०६ वर्षीया हजुरआमाले जितिन् कोरोना


अंकुरण खबर
1.339K
Shares

कोराना भाइरसबाट संक्रमित बेलायतकी १ सय ६ वर्षीया महिला अस्पतालबाट डिस्चार्ज भएकी छन्। बर्मिंघम सिटी अस्पतालमा तीन साता उपचारपछि वृद्धा कोनी टिच्चेन डिस्चार्ज भएकी हुन्।

‘म आफूलाई निकै भाग्यमानी ठान्छु। मैले यो भाइरससँगको युद्ध जितेकी छु’, उनको भनाइ उधृत गर्दै अस्पतालले भनेको छ, ‘म मेरो परिवारलाई छिट्टै भेट्न चाहन्छु।‘

अस्पतालले उनलाई बेलायतमा कोराना भाइरस संक्रमित सबैभन्दा वृद्ध व्यक्ति भनेको छ।

‘कोनीलाई निको भएको छ, उनी आफैंले पनि अचम्म मानेकी छन्। हामी उनको स्वास्थ्य अझै राम्रो होस् भन्ने चाहन्छौं। उनलाई निको हुँदा हामीलाई साह्रै खुसी लागेको छ,’  उपचारमा खटिएकी नर्स केल्ली स्मिथले भनेकी छन्। एजेन्सी