हेटौँडा उपमहानगरपालिका-४ मा भएको र्यापिड डाइग्नोस्टिक टेस्टमा पोजेटिभ रिर्पोट आएका चारजनाको स्वाब परीक्षणको रिपोर्ट आज आएको छ।
तीनजना पुरुष र एकजना महिला पिसिआर टेस्ट भने नेगेटिभ आएको हो । आरडिटि टेष्टमा पोजेटिभ देखिएकी महिला भने भारतकी हुन्। उनी हेटौँडा ४ मा आफन्तको घरमा आएकी थिइन्।
अर्का ६७ वर्षका पुरुष हेटौँडा २ का हुन। उनको उमेर ६७ वर्षको छ। उनी भारत गएर फर्किएका थिए। त्यस्तै भारत बैङलोरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका ३२ वर्षीय एक युवकमा गरिएको टेष्टमा सबैको रिपोर्ट नेगेटिभ पाइएको छ।