logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्रोत नखुलेको भारतीय नोटसहित पक्राउ परेका २ जना कारागार चलान


अंकुरण खबर
728
Shares

स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैयाँसहित पक्राउ परेका २ जनालाई क्षेत्रीय कारागार भीमफेदी चलान गरिएको छ ।

जिल्ला अदालत मकवानपुरले तोकेको धरौटी बुझाउन नसकेपछि पक्राउ परेका बोलेरो चालक भारत बैरातपुर बस्ने ३१ वर्षीय विजय चौधरी र नहेटी बस्ने ३८ वर्षीय शङ्कर सरकारलाई कारागार चलान गरिएको हो ।

राजशस्व अनुसन्धान कार्यालय पथलैयाले दायर गरेको मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालत मकवानुरले उनीहरूलाई जनही १७ लाख रुपैयाँ धरौटी मागेको थियो ।

गत ५ चैतमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाको नेतृत्वमा खटिएको टोलीले टौँडा–१५ रातोमाटेबाट वीरगञ्जतर्फ जाँदै गरेको डब्लूबी २३ इ २३३३ नम्बरको भारतीय बोलेरोमा सो रकम बरामद भएपछि बालेरोसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।