logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ


अंकुरण खबर
1.157K
Shares

ताप्लेजुङमा श्रीमती हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

५२ वर्षीया मिङ्मा लामु शेर्पाको हत्या आरोपमा फुङलिङ नगरपालिका -९ का पासाङ थुन्डुक पक्राउ परेका हुन् ।

अत्याधिक मादक पदार्थ सेवन गरेका पासाङले बिहीबार आफ्नै श्रीमती मिङ्मालाई शरीरको विभिन्न भागमा कुटपिट लात्ती र मुक्‍का प्रहार गरि श्रीमती हत्या गरेको प्रहरीले जनाएको छ।

मृतकका आफन्तले पासाङविरुद्ध किटानी जाहेरी दिएपछि श्रीमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

मृतकको शव जिल्ला अस्पतालमा पोष्टमार्टमपछि आफन्तलाई बुझाउने जनाइएको छ ।