logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन : हिँडेरै मानिसहरु घर जान थालेपछि प्रधानमन्त्रीले सबै मन्त्रीलाई बोलाए बालुवाटार


अंकुरण खबर
884
Shares

लकडाउनका कारण मानिसहरु हिँडेरै गाँउ फर्कन थालेको गुनासो बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका छन्।

लकडाउनका कारण उपत्यकामा अलपत्र परेका र पैदल हिंडेर गएर बाटैमा रोकिएकालाई जान दिनेबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रीहरुलाई  प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका हुन् ।

स्रोतका अनुसार सयौं किलोमिटर टाढाका जिल्लावासीहरु समेत दिनहुँ काठमाडौंबाट बालबालिकासहित पैदलै जान थालेपछि सरकारले त्यसबारे छलफल सुरु गरेको छ ।

सरकारले लकडाउनको चपेटामा परेका मजदुरहरुको लागि कुनै राहतको व्यवस्था गर्न नसकेको भनेर अहिले सरकारको चौतर्फी आलोचना भइरहेको छ ।