नेपालमा शुक्रबार एकैदिन १४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु मध्ये उनीहरूमध्ये ८ जना भारतीय नागरिक हुन् । उदयपुर जिल्लामा संक्रमित १२ मध्ये ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय पुरूष रहेका छन् भने चितवनका २ जनामध्ये २७ र ६३ बर्षिय पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । एक जना भने निको भएका छन् ।