स्वास्थ्य सेवा विभागले कोरोना रोगको औषधि खरिदका लागि तीन वटा कम्पनीसँग सम्झौता गरेको छ।
तीन वटा कम्पनीसँग झण्डै ३० करोडको स्वास्थ्य सामग्री स्वास्थ्य विभागले खरिद गर्न लागेको हो। खरिद गर्ने सामग्रीमा उपचारमा आवश्यक, मास्क, घुँडासम्म आउने प्लाष्टिक कभर, सुरक्षित चस्मा, आइसोलेसनमा राखेका बिरामी उपचार गर्दा लगाउने विभिन्न किसिमका गाउन किन्ने सम्झौता भएको छ ।
तीन कम्पनीमध्ये ओम सर्जिकलसँग १४ प्रकारका स्वास्थ्य सामग्रीका लागि १८ करोड ९५ लाख ६२ हजारको सम्झौता भएको छ। त्यस्तै हाम्रो मेडी कन्सर्नसँग ६ प्रकारका स्वास्थ्य सामग्रीका लागि ९ करोड २२ लाख ६९ हजार रुपैयाँको सम्झौता भएको छ। भने, लुम्बिनी हेल्थ केयर प्राइभेट लिमिटेडसँग ३ प्रकारका स्वास्थ्य सामग्रीका लागि १ करोड ८१ लाख ११ हजार रुपैयाँको सम्झौता भएको छ ।
विभागले संझौता गरिएका सामग्री चाँडो ल्याउन समेत आग्रह गरेको छ ।