logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाग्लुङकी ६५ वर्षीया महिला पनि कोरोनामुक्त, आइतबार डिस्चार्ज हुने


अंकुरण खबर
806
Shares

बाग्लुङकी ६५ वर्षीया महिला पनि कोरोना भाइरस (कोभिड–१९) मुक्त भएकी छन्।

कास्कीस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो। यसअघि बिहीबार गरिएको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो।

प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले उनको लगातार दुई रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। उनलाई भोलि, आइतबार डिस्चार्ज गरिने छ।

डिस्चार्ज गरेपनि दुई हप्ता ‘होम क्वारेन्टाइन’मा बस्न अनुरोध गरिने छ।

बेल्जियमबाट ४ चैतमा आएकी उनको १९ चैतदेखि धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको थियो।

आजै काठमाडौंको टेकु अस्पतालबाट एक जना युवती कोरोनामुक्त भएर घर फर्किएकी छन्।