logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार नाघ्यो, ५२१ को मृत्यु


अंकुरण खबर
715
Shares

भारतमा कोरोना भाइरस (कोभिड१९) संक्रमणका घटना बढ्दै गएका छन् । शनिबार एकै दिन हालसम्मकै सर्वाधिक संक्रमित फेला परेका छन् ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या १५ हजार ७२२ पुगेको छ । १ हजार ३७० नयाँ संक्रमित शनिबार एकै दिन मात्र फेला परेको वर्ल्डोमिटर्सले जनाएको छ । शुक्रबार त्यहाँ ९२२ नयाँ संक्रमित फेला परेका थिए ।

शनिबार एकै दिन भारतमा ३५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससँगै भारतमा हालसम्म कोरोना संक्रमणबाट ५२१ जनाको मृत्यु भइसकेको छ । शुक्रबार त्यहाँ कोरोनाबाट ३८ जनाले ज्यान गुमाएका थिए ।

कोरोना संक्रमणको हिसाबले भारत विश्वकै १७ औं नम्बरमा रहेको छ । तर मृत्युदर भने युरोपेली र अन्य देशहरूको तुलनामा कम नै रहेको देखिन्छ । संक्रमितमध्ये २ हजार ४६३ जना भने पूर्णरुपमा निको भइसकेका छन् ।