कोरोना संक्रमित कैलालीको लम्कीचुहा नगरपालिका–९ का २१ वर्षीय युवकको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ।
कोरोना पोजेटिभ देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना भएका ती युवकको पछिल्ला दुवै परीक्षणको रिपोर्ट नेगेटिभ आएका हुन्। कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ।
उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो । २४ घण्टामा परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले आजै या भोलिसम्म डिस्चार्ज गर्ने तयारी गरेको डाक्टर जगदिश जोशीले बताएका छन् ।
मुम्बईबाट गत चैत ११ गते घर फर्किएका उनलाई चैत २२ गते कोरोना पोजिटिभ देखिएको थियो । १४ दिन क्वारेन्टिनमा र १५ दिन आइसोलेसन गरी २९ दिन कोरोनासँगको लडाई जितेर उनी घर फर्किने भएका हुन् ।
नेपालमा कोरोना लागेर सन्चो भएका उनी चौंथो व्यक्ति हुन्।