भेरी अस्पताल नेपालगञ्जमा आइतबारदेखि कोरोना सङ्क्रमणको पीसीआर० परीक्षण सुरु भएको छ ।
भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिडेन्टेन्ट डा. प्रकाश थापाले आइतबारदेखि पीसीआर जाँच सुरु भएको जानकारी दिएका हुन् ।
शनिबार प्राप्त भएका ८ वटा स्याम्पलको अहिले जाँच भइरहेको प्रमुख थापाले जानकारी दिए । तीन सिफ्टमा दैनिक एकसय जना सम्मको स्वाब परीक्षण गर्न सकिने भएको छ ।